☰ open Loading... 25 February 2025|  

वार्षिक तीन करोडको बेसार बाहिरिन्छ
  | १६ फाल्गुन २०७७, आईतवार २०:४५

सल्यान – सल्यानमा अदुवाजस्तै बेसार खेतीले पनि ठाउँ लिन थालेको छ। नगदेबाली बेसारको माग बढ्दै जान थालेपछि खाद्यन्नबाली त्यागेर किसानहरू यसतर्फ आकर्षित भएका छन्।बेसारबाट राम्रो आम्दानी हुन थालेपछि सल्यानको कालिमाटी गाउँपालिका काल्चे घुरचौरका ६० जना किसानले खाद्यान्नबाली लगाउन छोडेर व्यावसायिक बेसार खेती सुरु गरेका छन् ।

चालु आर्थिक वर्ष ०७७र०७८ मा २ करोड, ७० लाख,७ सय,५० रुपैयाँ बराबरको बेसार निर्यात भएको कृषि विकास कार्यालय सल्यानका प्रमुख महेश आचार्यले जानकारी दिए।जिल्लामा उत्पादित बेसारमध्ये १ करोड ९ लाख ४६ हजार २ सय ५० बीउको रुपमा र १ करोड ६० हजार ५४ हजार ५ सय रुपैयाँको बेसार निर्यात भएको कार्यालयले जनाएको छ ।