☰ open Loading... 26 February 2025|  

बालिकालाई जबरजस्ती करणी गरेको आराेपमा एक पक्राउ
  | १८ फाल्गुन २०७७, मंगलवार २०:१५

दैलेख ःदैलेख प्रहरीले जवरजस्ती करणी गरेको आराेपमा एक जना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भगवतीमाई गाउँपालिका वडा नं २ बेस्तडा बजारमा बस्ने १८ बर्षिय मोहन बुढाले बालिकालाई जवरजस्ती करणी गरेको भन्ने सुचनाका आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख अनुपम श्रेष्ठले बताए ।

प्रहरी प्रमुख श्रेष्ठका अनुसार उनले सोही ठाउँकी परिर्वतित नाम १६ वर्षिय बालिकालाई लाई करणी गरेको आराेपममा पक्राउ गरिएको हाे ।पक्राउ परेका बुढालाई अनुसन्धानको लागि जिल्ला अदालत दैलेखबाट अनमती लिई हिरासतमा राखिएको छ ।