☰ open Loading... 25 February 2025|  

कतारबाट अग्नि पीडितलाई राहत
  | १७ फाल्गुन २०७७, सोमबार ०७:२०

जुम्ला : वैदेशिक रोजगारीका लागि कतारमा रहेका जुम्लाका युवाले अग्नि पीडितलाई राहत  दिएका छन्। जुम्ली सेवा समाज दोहा कतारले तिला गाउँपालिका–७ का गत माघ १३ मा आगलागी भई विस्तापित भएका परिवारलाई आइतबार खाद्यन्न राहत उपलब्ध गराइएको हो।

गोठीगाउँका ३० घरधुरीका अग्नि पीडितलाई प्रतिव्यक्ति एक बोरा चामल, एक कम्लब, पाँच प्याकेट तेल र चक्की साबुन गरी प्रतिव्यक्ति तीन हजार ५०० गरी करिब १ लाख ५ हजार बराबरको राहत वितरण गरिएको छ।