| १७ फाल्गुन २०७७, सोमबार २०:२७
दैलेख ः दैलेख प्रहरीले एक दम्पति जोडिलाई पक्राउ गरेको छ ।जिल्ला अदालत दैलेखबाट लगत नं। २११ र २१२ का तिनिहरु २०६२ माघ ९ गते २ बर्षको कैदको फैसला भए पछि नै फरार रहेका नारायण नगरपालिका–६ का टेकराज केसी र उनकी कान्छी श्रीमती तृप्ती केसीलाई पक्राउ गरिएकोजिल्ला प्रहरी कार्यालय दैलेखले जानकारी दिएको छ ।बहुविवाह मुद्धामा परार रहेका उनिहरुलाई पक्राउ गरी जिल्ला अदालत दैलेखमा कैद भुक्तानका लागि उपस्थित गराई जेलचलान गरिएको दैलेख प्रहरी प्रमुख अनुपम श्रेष्ठले जानकारी दिएका छन् ।