दैलेख। दैलेखमा कोरोना भाइरस कोभिड १९ सम्बन्धी जिल्लास्तरीय अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । स्वास्थ्य सेवा कार्यालय दैलेखकोआयोजनामा कोरोना भाइरस कोभिड १९ सम्बन्धी अभिमुखिकरण कार्यक्रम भएको हो ।कार्यक्रममा स्वास्थ्य सेवा कार्यलयका निमित्त कार्यालय प्रमुख थिर प्रसाद रेग्मीले जिल्लामा कोरोना भाइरसको स्थितिका विषयमा जानकारी दिए। दैलेख जिल्लाका२५५खोप केन्द्र मार्फत फागन२३ गते देखि जिल्लामा ३६हजार ९सय जनालाई कोरोना विरुद्धको खोप लगाउने अभियान रहेको निमित्त कार्यालय प्रमुख रेग्मीले जानकारी दिए ।
कार्यक्रममा नेकपा कम्युनिस्ट पाटी दैलेखका अध्यक्ष तथा केन्द्रिय सदस्य रवीन्द्रराज शर्मा , प्रदेशसभा सदस्य अमर बहादुर थापा,नारायण नगरपालिका दैलेखकी उपमेयर सावित्री मल्ल,जिल्ला समन्वय प्रमुख प्रेम बहादुर थापा ,प्रमुख जिल्ला अधिकारी सन्त बहादुर सुनारलगायतले आ-आफ्नो भनाइ राखेका थिए।