☰ open Loading... 27 February 2025|  

पाठेघर खस्ने समस्याको निशुल्क शल्यक्रिया शिविर सुरु
  | १८ फाल्गुन २०७७, मंगलवार ०७:४७

दैलेख- स्वास्थ्य सेवा कार्यालय दैलेखले जिल्लाअस्पतालमा पाठेघर खस्ने समस्याको निशुल्क शल्यक्रिया शिविर सुरु गरेको छ।कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको प्राविधिक सहयोगमा महिलाको पाठेघर खस्ने समस्या सम्बन्धी ९ दिने निःशुल्क शिविर सोमवारदेखि सुरु भएको हो । स्त्रीरोग बिशेषज्ञ डा। राजीव शाहको नेतृत्वमा आएको चिकित्सकहरुको टोलीले फागुन २५ गतेसम्म शिविर सञ्चालन गर्ने स्वास्थ्य सेवा कार्यालय दैलेखका निमित्त कार्यालय प्रमुख थीरप्रसाद रेग्मीले जानकारी दिए।
कार्यक्रममा बोल्दै नेकपा कम्युनिस्ट पाटी दैलेका अध्यक्ष तथा केन्द्रीय सदस्य रविन्द्रराज शर्माले जिल्लामा पाठेघर खस्ने समस्या जिल्लामा बिगतमा धेरै थियो ।पछिल्लो समयमा स्वास्थ्यको कार्यालय दैलेखको आफ्नै नियमित कार्यक्रम,विभिन्न माध्यम र उपचारको विधी अपनाए र जिल्लामा कम भएको उनले बताए ।