☰ open Loading... 16 November 2024|  

राजी होमस्टे संचालनमा
  | १८ फाल्गुन २०७७, मंगलवार २०:२९

सुर्खेत।  राजी होमस्टे संचालनमा आएको छ । कर्णाली  प्रदेशको राजधानी समेत रहेको वीरेन्द्रनगर नगरपालिका वडा नम्बर १० मा घुस्रा जाने बाटोमा राजी होमस्टे संचालनमा आएको हो । मंगलवार राजी होमस्टेको उद्दघाटन कर्णाली प्रदेशका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री नन्दसिंह बुढाले गरेका छन् ।

लोपउन्मुख तथा सिमान्तकृत जातिमा पर्ने राजु समुदायको रोजगार समेत सृजना गर्ने गरी होमस्टे संचालन भएकोमा बुढाले खुसी व्यक्त गरे । उनले परम्परा गत रुपमा डुङ्गा तथा माछा मार्ने काम गर्ने राजी समुदायको सामुहिक होमस्टे संचालन हुनु राम्रो भएको बताए । मन्त्रीबुढाले आफ्नो परम्परागत संस्कृतिको जगेर्ना गर्ने तथा व्यापार व्यवसाय पनि प्रवद्र्धन हुने भएकोले यस्तो कार्यको प्रदेश सरकारले सम्बद्र्धन र प्रवद्वन गर्ने प्रतिवद्धता जनाए ।
होमस्टे संचालक तथा लोपउन्मुख तथा सिमान्तकृत समुदायका अगुवा लाल बहादुर राजीले संस्कृति परम्परा तथा रहनसहनको प्रचार गर्न र राजी समुदायलाई रोजगारीको सृजना गर्न होमस्टे संचालन गरेको बताए ।
होमस्टेमा राजी समुदायले खाने परिकार, स्थानीय नृत्यका साथै परम्परा झल्कने संरचना आकर्षणका रुपमा रहेको राजी अगुवाको भनाई छ ।