सुर्खेत । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीn] गत कात्तिक ८ गते राउटे बस्ती पुगेर दशैं मनाए । दुई मन्त्रीसहित चिंगाड-४, देउरालीस्थित राउटे बस्ती पुगेका मुख्यमन्त्री शाहीले प्रदेश सरकारकातर्फबाट मासिक दुई हजार भत्ता दिने घोषणा गरे ।
‘आजकै दिनदेखि लागू हुने गरी प्रदेश सरकारको तर्फबाट तपाईहरुलाई मासिक थप २ हजार भत्ता दिने घोषणा गर्दछु,’ उनले भने, ‘राउटे समुदाय कर्णालीको गहना हो, यो समुदायको संरक्षणका लागि सरकारले छुट्टै प्रतिष्ठान नै बनाएर काम गर्छ ।’तर, चार महिना बित्यो प्रदेश सरकारले न त भत्ता दियो, न त प्रतिष्ठान नै बनायो । सोमबार दिलबहादुर शाहीसहितको टोलीले मुख्यमन्त्री शाहीलाई भेटेर भत्ता नपाउँदा जनता भोकै रहेको गुनासो सुनाए । ‘चार महिना भयो भत्ता पाएनौं, सरकार भत्ता दिनुप¥यो, जनता भोकै छन्,’ मुख्यमन्त्रीसँग दिलबहादुर भने।