☰ open Loading... 17 March 2025|  

युवतीलाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ
  | २३ फाल्गुन २०७७, आईतवार १९:३४

गोरखा । २२ वर्षीया युवतीलाई जबरजस्ती करणी उद्योग गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।पक्राउ पर्नेमा गोरखा नगरपालिका–६ सातधुरेका ३० वर्षीय राम भन्ने सोमबहादुर बाचे पक्राउ परेका हुन् ।बाचेले गोरखा सदरमुकामको अस्पतालमार्गस्थित धावा बोर्लाङकोटकाली होटल एण्ड लजको कोठामा लगेर युवतीलाई जवरजस्ती करणीको प्रयास गरेको पीडितले दिएको उजुरीमा उल्लेख रहेको प्रहरीले जनाएको छ । ‘फागुन ८ गते घटना भएको रहेछ,’ डीएसपी प्रकाश दाहालले भने, ‘११ गते पीडितको जायरी आयो, त्यही दिन हामीले मुद्दा दर्ता गर्‍यौं तर युवक भागेर कालीकोट पुगेको रहेछ ।