| २३ फाल्गुन २०७७, आईतवार १९:४६
सल्यान — जिल्ला कारागार ;Nofgमा ८४ वर्षीय कैदी जीवलाल बोहराको मृत्यु भएको छ । उनको जिल्ला अस्पताल सल्यानमा उपचारको क्रममा मृत्यु भएको हो । मुटु सम्बन्धी समस्या देखिएपछि उनलाई एक सातादेखि जिल्ला अस्पतालमा राखेर उपचार सुरु गरिएकोमा शनिबार बेलुकी मृत्यु भएको जिल्ला कारागार सल्यानका जेलर बलबहादुर केसिले बताए । बोहराको शव प्रक्रिया पुर्याएर आफन्तलाई जिम्मा लगाइएको उनले जानकारी गराए ।