☰ open Loading... 5 October 2024|  

ज्यालामा विभेद भोग्दै आएको महिलाहरूको गुनासो
  | २३ फाल्गुन २०७७, आईतवार २१:५६

 

यामराज बिष्ट दैलेख ः नारायण नगरपालिका दैलेखको आयोजनामा श्रमिक महिलाको सवाल र अवसर चुनौती विषयको अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।सुन्दर नेपाल संस्थाको समन्वयमा सम्पन्न भएको कार्यक्रममा जिल्लामा हुने विकास निर्माण तथा कुनै पनि काममा मजदुरले पाउने ज्याला समान नभएको श्रमिक महिलाहरुले गुनासो गरेका छन् ।दैनिक रूपमा ज्याला मजदुरी गर्दै जिविका चलाइ रहेका श्रमिक महिलाहरूले समान कामका लागि समान ज्याला पाउन नसकेको गुनासो गरेका छन् ।

कार्यक्रममा बोल्दै कमला  बादीले महिला र पुरुषमा बिभेद भएको गुनासो गरिन्। उनले भनिन् नारी भएकै कारणबाट समाजमा अवहेलना खप्नुपर्ने जीवनका आधारभूत आवश्यकतामा छोरा र छोरीबीच आफ्नै श्रीमानवाट फरक ब्यवहार सहनुपर्ने वाध्यता अझै कायम छ। छोरी जन्मदा श्रीमतीलाई दोष दिने हाम्रो समाज अझै जीवित रहेको बताईन।

पुरूष र महिलाले समान काम गरेता पनि श्रमिक महिलाहरूले भने ज्यालामा विभेद भोग्दै आएको नेपाली काग्रेसकी युवा नेता निर्मला थापाले गुनासो गरिन् ।महिलाहरुको घरमा गरेको कामको मुल्यांकन हुँदैन्, महिला र पुरुष कामदारबीच समान ज्याला छैन्,’यसको अत्य कहिले हुने थापा बताउँछिन् ।थापाले भनिन् महिला र पुरुषले पाउने अधिकार समान हुनुपर्छ ।

 

यस्तै नारायण नगरपालिका दैलेखकी उयमेयर सावित्री मल्लले १११ औँ अन्तराष्ट्रिय दिवसको सन्दर्भमा आयोजित ‘श्रमिक महिलाको सवालः असरर चुनौती विषयक अन्तरक्रिया कार्यक्रममा एउटै काम गर्दा सम्मेत पुरुषलाई एक थरीको ज्याला र महिलालाई अर्को थरीको ज्याला दिने काम बन्द गर्नुपर्ने ,यसमा सबैले आवाज उठानु पर्ने जोड दिईन्।समान काममा असमान ज्याला दिएको भन्ने जानकारी आएको खण्डमा आफूहरू श्रमिक महिलाको न्यायका लागि पहल गर्ने उपप्रमुख मल्लले बताइन् ।कार्यक्रममा पत्रकार,राजनितिक दल, विभिन्न संघसंस्थाका प्रतिनिधिको उपस्थिति थियो ।