| २५ फाल्गुन २०७७, मंगलवार २०:३०
सुर्खेत । नेकपा कर्णाली प्रदेश कार्यालयमा नेकपा माओवादी केन्द्रको बोर्ड राखिएको छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को कर्णाली प्रदेश कार्यालयको पुरानो बोर्ड निकालेर कार्यकर्ताले नेकपा (माओवादी केन्द्र) सुर्खेतको बोर्ड टाँगेका छन् ।अदालतको फैसलाबाट ब्युँतिएका नेकपा एमाले र नेकपा माओवादी केन्द्रले जिल्ला कार्यालयहरुमा नेकपाको साइनबोर्ड हटाएर एमाले र माओवादी केन्द्रको बोर्ड राख्न थालिसकेका छन् ।