☰ open Loading... 17 November 2024|  

हाफ म्याराथनको उपाधी खड्गबहादुर खड्कालाई
  | २६ फाल्गुन २०७७, बुधबार १३:१८

 

 


यामराज बिष्ट दैलेख । सेना दिवसको अवसरमा जिल्लामा पहिलोपटक आयोजना गरिएको २१ किमीको खुला हाफ म्याराथन प्रतियोगिता सम्पन्न भएको छ ।सेना दिवस २०७७ को अबसरमा इन्द्रदल गुल्म दैलेखले हाफ म्याराथन तथा पाँच किलोमिटर दौड प्रतियोगिता आयोजना गरिएको हो । महाशिवरात्री सेना दिवस २०७७ को अबसरमा दैलेख जिल्लाको इतिहास पर्यटन तथा खेलकुद क्षेत्रको प्रबद्र्धनमा केहि टेवा पुगोयोस । सैनिक नागरिक सम्बन्धलाई प्रगाढ बनाउने उदेश्यले हाफ म्याराथन र पाँच किलोमिटर दौड प्रतियोगिता आयोजना गरिएको इन्द्रदल गुल्म दैलेखका सेनानी बिके सिंह विश्वकर्माले बताए ।

हाफ म्याराथन प्रतियोगितामा खुला तर्फको उपाधी खड्ग बहादुर खड्काले उपाधी हात पार्न सफल भएका छन् ।उपाधिसँगै नगद ३०हजार प्राप्त गरेका छन्।खुला तर्फको हाफ म्याराथनमा तिलक शाही द्धितिय भएका छन् । द्धितिय  ्भएका शाहीले उपाधिसँगै नगद २० हजार हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् । विरेन्द्रप्रसाद भट्टराई तृतिय भएका छन् ।भट्टराईले उपाधिसँगै नगद १०हजार प्राप्त गरेका छन् ।हाफ म्याराथनको जिल्लाबासी तर्फको उपाधी यमराज बिसीले हात पारेका छन् ।बिशीले उपाधिसँगै नगद ४हजार प्राप्त गरेका छन् ।नेत्रप्रसाद कार्की द्धितिय भएका छन । कार्कीीले उपाधिसँगै नगद ३हजार प्राप्त गरेका छन् ।बबिन जैसी तृतिय भएका छन्।जैसिले उपाधिसँगै नगद २हजार प्राप्त गरेका छन्

 

महिला तर्फ हाफ म्याराथनको २१ किलोमिटरको दौडमा उपाधी एलिना शर्मा हात पार्न सफल भएकी छिन् ।शर्माले उपाधिसँगै नगद १२हजार प्राप्त गरेकी छिन्। इश्वरी खाती द्धितिय द्धितिय भएकी छिन् ।खातीले उपाधिसँगै नगद १०हजार प्राप्त गरेकी छिन् ।
, बिमला रावत तृतिय भएकी छिन् ।रावतले उपाधिसँगै नगद ८हजार प्राप्त गरेकी छिन् ।नन्दकुमारी शाही सान्तोना भएकी छिन् । उपाधिसँगै शाहीले नगद ५हजार प्राप्त गरेकी छिन् ।

यस्तै पाँच किलोमिटर दौड पुरुष तर्फ गणेशबहादुर रावल प्रथम भएका छन् ।उपाधिसँगै रावतले१०  हजार हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् ।गगनबहादुर खड्का द्धितिय भएका छन् ।खड्कालेउपाधिसँगै नगद ७ हजार ५सय रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् । कृष्ण रावल तृतिय भएका छन् ।उपाधिसँगै रावले नगद ५ हजार हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् ।महिला तर्फ बविता क्षेत्री प्रथम, भएकी छिन् ।उपाधिसँगै शाहीले नगद१० हजार प्राप्त गरेकी छिन।्द्धितिय, नम्रता थापा भएकी छिन् ।उपाधिसँगै थापाले नगद७ हजार५सय प्राप्त गरेकी छिन।तृतिय बिपना शाही भएकी छिन् ।उपाधिसँगै नगद शाहीले ५हजार प्राप्त गरेकी छिन्। चौथो हिरा थापामगर भएकी छिन्।उपाधिसँगै थापाले नगद३ हजार प्राप्त गरेकी छिन भने संगिता बयक पाँचौ भएकी छिन् ।वयकले२हजार प्राप्त गरेकी छिन् ।कार्यक्रममा नगरप्रमुख रत्न बहादुर खड्का ,सहायक प्रमुख जिल्ला अधिकारी हरि देवकोटा, उद्योग वाणिज्य संघ दैलेखका अध्यक्ष कुल बहादुर विक ,नारायण नगरपालिका वडा नं१का वडा अध्यक्ष तिर्थ नारायण श्रेष्ठ ,लगायत विभिन्न संघ संस्थाका प्रतिनिधि सहभागी थिए ।