काठमाडौं, २६ फागुन ।१६ वर्षीय छोरा कृष्णप्रसाद अधिकारीको हत्यामा संलग्नलाई कारबाहीको मागगर्दै अनसनरत गंगामायाअधिकारीको जीवनरक्षाको लागिमानवअधिकारवादीले अपिल गरेका छन् । आज (बुधबार) रिपोर्टर्स क्लब नेपालमापत्रकार सम्मेलन आयोजनागरेर वीर अस्पतालमा अनसनरत गंगामायाकोजीवन रक्षाको अपिल गरेका हुन् । ०७७पौष ६ गतेदेखिआजसम्मगंगामायाको अनसनको ८० औं दिनपुगेको छ ।
राष्ट्रिय मानवअधिकार आयोगकापूर्वसदस्यप्रा. डा. कपिलश्रेष्ठले गंगामाया संघर्ष र न्यायको पर्याय भएको बताए । उनले देशमान्यायकालागि शान्तिपूर्ण संघर्ष गर्दा बेवास्ताहुनेगरेको टिप्पणी गरे । देश राज्य नै नभएको जस्तो भइसकेको बताए । उनले भने,‘नेपालको राजनीति र सत्तापक्षमा घटिरहेको घटनालाई हेर्दा यो राज्यनभएको जस्तो छ ।’ राज्यले बन्दुके र सन्दुकेको भाषामात्रबुझ्ने गरेको टिप्पणी गर्दै भने,‘यो देशमाबन्दुकबोकेर आतंकमच्चाउनेको लागिमात्रहो ।
प्रजातान्त्रिकविचार समाजकाअध्यक्ष डा. केदार नरसिंह के.सीले राज्यअत्यन्तै गैह्रजिम्मेवारी भएको आरोप लगाए । ‘एउटी नारीले अन्यायको लागिन्याय देउ भन्दापनि राज्यले सुन्दैन, मुखदर्शक भएर बस्छ भने यो राज्यअत्यन्तै गैह्रजिम्मेवारी छ,’उनले भने, ‘यो लोकतन्त्र, विधिको शासन, कानुनी राज्यको विरुद्वमाभएको सरकार छ ।’ केसीले सबै देशवासीहरुलाई गंगामायाको न्यायको यो मुद्दामा सहयोग गर्न आग्रह गरे ।
कार्यक्रममाबोल्दै वरिष्ठ अधिवक्तातथामानवअधिकारवादीदिनेश त्रिपाठीले गंगामायाको जीवन संकटमा भएको बताए । गंगामाया दण्डहिनताको आन्दोलनको प्रतिकहुनभन्दै उनले न्यायको जीतहुने बताए । उनले भने,‘दक्षिण एशियाकै केसमामात्रै नभएर विश्वइतिहासमा नै गंगामाया जस्तो साहसी, निडर महिलाजो न्यायको पक्षमाअविराम युद्ध गर्ने महिला, जो न्यायप्रश्नमाकुनै सम्झौतानगर्ने विश्वजगतमा नै विरलै भेटिन्छिन् ।’
न्यायकालागिमानवअधिकार राष्ट्रिय संजालको संयोजकतथाअधिवक्ता ईन्द प्रसाद अर्यालले गंगामायापछिल्लो समयमा८० दिनदेखि अनसन बसेको बताए । अर्यालले भने, ‘हत्यामा संलग्नलाई कारवाहीहुनुपर्छ भन्दाअधिकारी परिवार गोरखाको फुजेलबाट विस्थापितहुनु प¥यो । ’ उनले काठमाडौ आउँदापनिउनीहरुलाई धेरै षड्यन्त्रगरिएको, हत्कण्ड मच्चाइएको, जिउज्यान सम्मलिने अवस्था आएपछि अधिकारी दम्पत्तिअनसनमा बसेको उल्लेख गरे । गंगामायाको स्वास्थ्यअवस्थानिकै गम्भीर भएको जानकारी दिदैगंगामायालाई ७दिनदेखि घाँटीबाट चिरेर सेन्टल भेनबाट स्लाइनदिएको बताए । सरोकारवालानिकाय, राज्य, न्यायको लागि हेर्ने बोल्ने निकायकुनै निकायपनिउनको प्रत्यक्षरुपमाजीवन रक्षाको लागिनलागेको प्रतिअर्यालले आलोचना गरे ।
मानवअधिकारवादीतथाअधिवक्ताओम प्रकाशअर्याललेगंगामायाको सत्याग्रह नेपालको राज्यसँगमात्रनभएर अन्तराष्ट्रिय समुदायसँगपनिभएको बताए । अन्तराष्ट्रिय समुदायले न्यायप्राप्तिकालागिगंगामायाको अभियानमापर्याप्तसहयोग गर्न नसकेको टिप्पणी गरे । उनले गंगामायाको छोरा कृष्णको हत्याकामुख्यदोषीरुद्र प्रसाद आचार्य बेलायतमा लुकेर बसेको भन्दै उनलाई नल्याएसम्मन्यायले पुर्णतानपाउने जिकिर गरे । उनले बेलायतले पनि दोषीलाई बचाएको आरोप लगाउदै भने, ‘बेलायतले पनिस्वयंअभियोजन गर्न सक्छ तर बेलायतीदुतावासले गंगामायालाई एकपटक पनि भेट दिएको छैन ।’
एमनेष्टी इन्टरनेसनल नेपालकापूर्वअध्यक्षतथापत्रकार राजनकुँइकेल, द्वन्द्व पीडित तथामानवअधिकारकर्मी सावित्रीश्रेष्ठ, न्यायको लागिमानवअधिकार राष्ट्रिय संजालका सचिवअधिवक्ताबद्री प्रसाद भुषाल, मानवअधिकार कर्मी तथावरिष्ठ अधिवक्ताबावुरामगिरी, मानवअधिकार कर्मी चरण प्रसाई लगायतको उपस्थितिथियो ।
२०६४ साल जेठ २४ गते चितवनको वकुलरमाहत्याभएका छोरा कृष्ण प्रसादअधिकारीको हत्यामा संलग्नहरुलाई कानुनबमोजिक कारवाहीको मागगर्दै अधिकारी दम्पत्तिअनसन बसेका थिए । न्यायको लागिअनसनरत नन्द प्रसाद अधिकारीको ३३४ औं दिनमा २०७१ सालअसोज ६ गते वीर अस्पतालमा मृत्यु भएको थियो ।