सुर्खेत । गरिवी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम प्राविधिक सहयोग कार्यक्रमका कर्णाली प्रदेशका प्रादेशिक लघु उद्यम विकास विषेशज्ञका रुपमा कार्यरत दीपक गर्तौलाले बैधानिक रुपमा स्थापित भएको संस्थालाई अवैधानिक भने पछि उजुरी परेको छ । नेपाल सरकारको लुज फोरमका रुपमा स्थापना भएको संस्था राष्ट्रिय लघु उद्यमी महासंघ कर्णाली प्रदेशलाई उनले फोन मार्फत अवैधानिक हो भनेर धम्किपूर्ण जबाफ दिए पछि उजुरी परेको हो । राष्ट्रिय लघु उद्यमी महासंघ कर्णाली प्रदेशका अध्यक्ष कविराज खत्रीले कर्णाली प्रदेशका जिल्ला लघु उद्यमी समुह संघ र प्रदेश समितिका पदाधिकारीलाई सहभागी बनाई मेडपा टिए कर्णाली प्रदेशको तर्फबाट कार्यक्रम गर्दा किन र कुन आधारमा जिल्ला लघु उद्यमी समूह संघ, दैलेख र महासंघलाई सहभागि नगराएको भन्ने प्रश्न गरे पछि उनेले धम्कि दिदै सहभागी हुने मन भए प्रदेश महासंघ प्रदेशमा दर्ता भएको प्रमाणपत्र देखाउन चुनौती दिएका थिए । हाल पछिल्लो समयमा दिएको मानहानी हुने जवाफ र शुरुदेखी हालसम्म उनले गरेको रबैया र गलत क्रियाकलपाका विरुद्ध गरिवी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम, उद्योग, वाणिज्य तथा आपुर्ती मन्त्रालय काठमाण्डौका राष्ट्रिय कार्यक्रम प्रवन्धक रामजी प्रसाद न्यौपानेलाई उजुरी दिएको, राष्ट्रिय लघु उद्यमी महासघ केन्द्रीय कार्याल, प्रदेश सरकार, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय कर्णाली प्रदेश सुर्खेलाई बोधार्थ दिएको अध्यक्षले जानकारी दिए । यति मात्र होइन, जवाफ दिने क्रममा गर्तौलाले केन्द्रीय समिति, मन्त्रिहरु फोनको भरमा आउँछन मैले बोलाए पछि अवैधाकि संस्था यति ठूलो बन्ने ? भनि धम्कि दिएका थिए । स्मरणीय विषय के छ भने उनले डिमेगा, दैलेख र प्रदेश महासघलाई कार्यक्रममा उपस्थित हुन फोन मार्फत समेत जानकारी दिएका थिएनन खत्रीले बताए ।
फागुन २८ गतेको कार्यक्रमका लागि उनले २५ गते पत्राचारका लागि तयार पारेको पत्र जिल्ला लघु उद्यमी समूह संघ, दैलेखलाई कार्यक्रम हुन केही घण्टा अघि मात्र पठाएका थिए । जिल्ला लघु उद्यमी समूह संघहरु र सो सम्बन्धिका माथिल्लो स्तरका समितिहरुका लागि आयोजना गरिएको कार्यक्रममा अरुलाई फोन आर्फत र इमेल मार्फत समेत उपस्थित हुन जानकारी दिएका थिए भने जिल्ला लघु उद्यमी समूह संघ, दैलेखलाई उनले आफैले हस्ताक्षर गरेको र आफु कार्यरत भएको परिचय उल्लेख गरेको पत्र इमेल समेत नगरेको अध्यक्ष खत्रीले बताए ।
महासंघ कर्णाली प्रदेशका अध्यक्ष कविराज खत्रीका अनुसार, जसरी घरेलु तथा साना उद्योग महासंघ, उद्योग वाणिज्य महासंघ र नीजि क्षेत्रका अन्य संस्थाहरु केन्द्रीय विधानको मातहतमा रहेर वैधानिक छन, ठीक त्यही प्रकारले राष्ट्रिय लघु उद्यमी महासंघ पनि वैधानिक हो,नेपालको संविधान २०७२ अनुसार तथा संस्था दर्ता ऐन २०३४ र महाघको विधान अनुसार चलेको संस्था हो भन्ने जवाफ दिएको बताएका छन । उक्त जवाफको प्रतिजवाफ दिदै धम्किपूर्ण भाषामा अवैधानिक संस्थालाई वैधानिक हो भनेर काम गर्ने अँझ जोरी खोज्ने, अवैधानिक संस्थालाई म मेरो कार्यक्रममा बोलाउन सक्दिन भन्ने जवाफ दिएको अध्यक्ष खत्रीको भनाई छ ।
तपाँई आईएनजीको कर्मचारी हो । यसरी सरकारले दिएको अधिकारभन्दा माथि उठेर संस्था दर्ता ऐन २०३४ विपरित यस्तो धम्कि दिन मिल्दैन भन्दा उल्टै मैले जे भने त्यही हुन्छ । मेरो इच्छाको कुरा हो बोलाउने वा नबोलाउने ? कसले के गर्न सक्दछ ? म धन भएको र पहूँच भएको मान्छे हुँ जोरी नखोज्दा हुन्छ भनेर धम्काएको अध्यक्ष कविराज खत्रीले बताएका छन । उनले यसरी २६ गते दिउसो करिब ४ बजे धम्काएको बताए । सोही दिन उनी साँझ सुर्खेतको कुनै एक होटलमा बसेको पत्ता पाए पछि अवस्था बुझन जाँदा भोलीपल्ट आफनो चरित्र हत्या गर्ने र संस्थागत ब्यइज्त गर्ने काम गर्तौलाले गरेको अध्यक्षको भनाई छ । फोनमा धन्माएको प्रमाण आवश्यक परे कुन समयमा, कति बेला हो ? सो को कल डिटेल रेकर्ड माग गरि सार्वजनिक गर्नु पर्ने अवस्था आए आफु तयार रहेको अध्यक्षको भनाई छ ।
यस अघि युएनडिपीको आर्थिक सहयोगमा जिल्ला लघु उद्यमी समूह संघ, दैलेख र सुर्खेतले संचालन गरेको कोरना प्रभावित तथा आय आर्जन गमाएका अति विपन्न वर्गलाई सिघ्र आर्य आर्जन पहल कार्यक्रममा समिति पुनः गठन गर्ने देखी लिएर प्रकृया विपरित कर्मचारी राख्ने र हटाउने तथा पदिय दायित्वभन्दा बाहिर गएर हैसियत अनुसार गर्न नमिल्ने कार्य गरेका थिए । सो विषयमा युनडिपी फिल्ड अफिसको वैठकमा उजुरी पर्दा एक पटक माफ दिने की भनि उजुरी फिर्ता भएको थियो । यति मात्र होइन, उनले गरिवी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्रगत उद्यम विकास सहजकर्ता छनौट गर्दा आफनो हैकम जमाएको र पक्षपात गरेको समाचार सुर्खेतका संचार माध्यमले प्रकाशन समेत गरेका थिए ।
अध्यक्ष खत्रीका अनुसार दीपक गर्तौलले कर्णाली प्रदेशमा आए देखी आफनो मर्यादा विपरित कर्णाली प्रदेशका लघु उद्यमीहरुलाई एक आपसमा लडाउने,प्रदेश महासंघलाई थाहै नदिई प्रदेश महासंघको उपस्थित हुने अधिकार प्राप्त कार्यक्रममा आफुले मन पराएको उद्यमीलाई महासंघको फर्तबाट उपस्थित गराउने, संस्थाको गाडीमा नियम विपरित जो कोहीलाई पनि राखेर ओसार पसार गर्ने, सो गाडी नियम विपरित परिचालन गर्ने सम्मका कार्य गर्दै आईरहेकाछन । यी विषयमहरुको बारेमा जानकारी लिन खोज्दा आफु ठूलो मान्छे भएको, पहुँच भएको भएकाले भारेभुरेलाई नटर्ने अभिब्यक्ति दिएकाछन । त्यस कारण बाध्य भएर गरिवी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम, उद्योग, वाणिज्य तथा आपुर्ती मन्त्रालय काठमाण्डौका राष्ट्रिय कार्यक्रम प्रवन्धक रामजी प्रसाद न्यौपानेलाई उजुरी दिएको, राष्ट्रिय लघु उद्यमी महासघ केन्द्रीय कार्याल, प्रदेश सरकार, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय कर्णाली प्रदेश सुर्खेलाई बोधार्थ दिएको अध्यक्षले जानकारी दिए । समग्र कर्णाली प्रदेशको हितमा आवश्यक छानविन गरी कडा कारवाही हुनेमा महासंघ ढुक्क भएको बताए ।
| २९ फाल्गुन २०७७, शनिबार ०८:५७