| १ चैत्र २०७७, आईतवार १३:४९
सल्यान- सल्यानकोकुमाख गाउँपालिकामा सञ्चालित निःशुल्क आँखा शिविरमा करिब ५०० जनाले परीक्षण गराएका छन्। तीन दिने शिविरमा ४९१ जनाले परीक्षण गराएका हुन्।शिविरमा २७८ महिला र २१३ पुरुषले आँखा परीक्षण गराएका थिए। जसमध्ये ९३ जनामा मोतियाबिन्दु देखिएको र उनीहरुको निःशुल्क शल्यक्रिया गरिएको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख मानसिंह वलीले जानकारी दिए।