दैलेख – उधोग बाणिज्य संघ दैलेखद्धारा जिल्लामा नयाँ सिडियोको रुपमा आएका प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेललाई स्वागत गरेको छ ।उधोग बाणिज्य दैलेखको कार्यालयमा आईतबार प्रमुख जिल्ला अधिकारी, प्याकुरेललाई एक कार्यक्रम गरी स्वागत गरिएको हो ।कार्यक्रममा जिल्ला प्रशासन कार्यालय दैलेखका प्रमुख जिल्ला अधिकारी प्याकुरेललाई दैलेख उधोग वाणिज्य संघ दैलेखका अध्यक्ष कुल बहादुर बिकले खादा ओडाएर सम्मान गरेका थिए ।
सम्मान कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारीले प्याकुरेलले पछिल्लो समयमा जिल्लामा विकास कामहरु सुस्त गतिमा भइरहेका छन्। “स्थानिय सरकारले बजेट कार्यान्वयन गर्ने निकाय र कर्मचारीको व्यवस्थापनमा सहयोग नगरेका कारण विकास परियोजनाले गति लिन नसकेको बताए । आफुले आफ्नो कार्याकालमा बिकाशका काममा बिशेष जोड दिने बताए ।आफ्नो कार्याकालमा दैलेख बजारको सडकलाई बिशेष पथामिकता दिने बताए। त्यसबाट जिल्लाले लाभ लिन सक्नुपर्नेमा जोड दिए । जिल्लामा बिकाशका कामले गति लिए दैलेख जिल्लामा कृषि, व्यापार र उत्पादनसँग सम्बन्धित व्यवसाय फस्टाउने जिल्लावासीको जीवनस्तर सुधार हुने बताए ।कार्यक्रममा दैलेख उधोग वाणिज्य संघका अध्यक्ष कुल बहादुर बिकले दैलेखमा उधोग व्यवसायले पाइला चाल्दै गरेको भन्दै दैलेख जिल्लामामा औधोगिक विकास गर्नुपर्नमा जोड दिए। कार्यक्रममा दैलेखका होटल व्यवसायी र संचारकर्मीहरुको उपस्थिति रहेको थियो ।