☰ open Loading... 6 November 2025|  

गाँउ फर्किए वादी समुदाय
  | २ चैत्र २०७७, सोमबार १०:३४

दैलेख- कर्णाली प्रदेश सरकारसँग पाँच बुँदे सहमति गरेका कर्णालीका वादी समुदाय घर फर्केका छन्। खेतीयोग्य जमिनको माग राखेर १७ दिनदेखि आन्दोलनरत कर्णाली प्रदेशका वादी समुदाय प्रदेश सरकारसँगको सहमति पछि पनि फर्कने गाडी भाडा नभएर गाँउ फर्कन सकेका थिएनन्।

दैलेखको दुल्लु नगरपालिकाका नगर प्रमुख घनश्याम भण्डारीले दैलेखसम्म लैजाने गाडीको प्रबन्ध गरिदिए पछि वादी समुदाय घर फर्किएका हुन्।‘प्रदेश सरकारले समस्या समाधान गर्न पहल गर्छु भनेको छ। त्यही भएर आन्दोलन छोडेर घर फिर्ता हुँदै छौं’ अर्जुनले भने। उनका अनुसार कालिकोटका वादीहरू भोलि आज गाँउ फर्किने छन्।