काठमाडौँ — नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ नेता झलनाथ खनाल र माधव नेपालबीच करिब ४ महिनापछि भेटवार्ता हुने भएको छ । यी नेताहरूबीच गत कात्तिक २५ गते भेटवार्ता भएको थियो ।उनीहरुबीच पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा सोमबार बिहान ११ बजे छलफल हुने लागेको हो । पार्टी अध्यक्षसहित नेताहरुबीच ११ बजे भेटवार्ता हुन लागेको एमाले पार्टी कार्यालयका सचिव ईश्वरी रिजालले जानकारी दिए ।
यसअघि ओलीले नेपाललाई बालुवाटारमै भेट्न बोलाएका थिए । तर नेपालले पार्टी कार्यालयमा समूहगत रुपमा छलफल गर्ने भनेपछि ओली धुम्बाराही जान राजी भएका हुन् ।सोमबार बिहान ओलीले बालुवाटारमा एमाले नेताहरुका लागि चियापानका कार्यक्रमको तयारी गरेका थिए । चियापानपूर्व नेताहरुबीच भेटवार्ता हुन लागेको हो ।भेटमा ओली समूहबाट प्रदीप ज्ञवाली, विष्णु पौडेल र महासचिव ईश्वर पोखरेल तथा नेपाल समूहबाट पनि अरू नेताहरू सहभागी हुँदै छन् ।