| ४ चैत्र २०७७, बुधबार १८:४९
नपुरमा भैंसी किनेको १५ सय उधारो रकम माग्दा हत्या आरोपमा फरार एकजना ४१ वर्षपछि पक्राउ परेका छन् । पक्राउ पर्नेमा पुनर्वास नगरपालिका परासनका ७६ वर्षीय मलाङ तामाङ ९लामा० छन् ।लामाले पैसा नतिरेको विषयमा कुटपिट गर्दा ज्वाइँ नाता पर्ने नाम्जा तामाङको मृत्यु भएको थियो ।सो घटना ०३६ साल फागुन ८ गते भएको र तामाङ सोही समयदेखि फरार रहेको प्रहरीले जनाएको छ । उनीविरुद्ध तत्कालीन सुदूरपश्चिमाञ्चल क्षेत्रीय अदालतबाट ०४६ चैत २ गते १० वर्ष कैद सजायको फैसला सुनाएको थियो । लामाले आफ्नो पहिचान लुकाएर बसेका थिए ।