☰ open Loading... 9 May 2025|  

रिलायन्स लाइफ इन्स्योरेन्सद्वारा मृतकको परिवारलाई बिमा रकम हस्तान्तरण
  | ८ चैत्र २०७७, आईतवार १९:०६

 

 

 

दैलेख-रिलायन्स लाईफ इन्स्योरेन्स लिमिटेड दैलेख शाखाले बिरामी भई मृत्यु भएका परिवारलाई विमा रकम हस्तान्तरण गरेको छ।कम्पनीले मृतक समर बहादुर थापाको परिवारलाई बीमा दाबी वापतको १ लाख ४ हजार रुपैयाँको चेक हस्तान्तरण गरेको हो ।रामेछाप जिल्ला घर भएका हालभैरवी गाँउपालिका वडा नम्बर १ बस्दै आएकका समर बहादुर थापाको अचानक कालागाउ अस्पताल सुर्खेत, उपचारको क्रममा वि।स।२०७७ साल माघ७ मृत्यु भएको थियो । मृतक थापालेले १ लाखको बर्षको लागि जीवन विमा गरेका थिए ।

मृतक थापाका परिवारलाई चेक हस्तान्तरण गर्दै दैलेख शाखा प्रमुख कृष्ण बिकले कोरोना भाईरसको कारण देशमा लकडाउन हुँदा पनि कम्पनीले विमितहरुमा आईरहेको समस्यालाई आत्मसाथ गरी सरकारको नियम पालन गर्दै अगाडी बढीरहेको बताउए । आर्थिक क्षतीलाई केहि हद सम्म न्युनीकरण गर्न सकिने भएकोले बिमा सबैको लागि अपरिहार्य भएको समेत उनले बताए ।