☰ open Loading... 25 November 2024|  

पाटेबाघको छाला सहित ४जना पक्राउ
  | ९ चैत्र २०७७, सोमबार १९:०८

दैलेख- प्रहरीले पाटेबाघको छालासहित ४ जनालाई पक्राउ गरेको छ ।  बाँकेको बैजनाथ गाउँपालिका १ च्यामाबाट  पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । पक्राउ पर्नेमा सुर्खेतका २ जना, दैलेखका एक जना जुम्लाका एक जना रहेका छन् ।पक्राउ पर्नेमा सुर्खेत वीरेन्द्रनगर नगरपालिका ११ का ५० वर्षका गंगाबहादुर खत्री, सोही ठाउँकै २० वर्षका प्रकाश खत्री, दैलेख भगवतीमाइ गाउँपालिका ४ का ३९ वर्षका चन्द्र अधिकारी र जुम्लाको तीला गाउँपालिका ४ का ३८ वर्षका जयलाल नेपालीलाई पक्राउ गरेको  प्रहरीले जनाएको छ ।

पक्राउ परेका  उनिहरुको  साथ बाट प्रहरीले पाटेबाघको छा ला १ र बाघको हड्डी २ किलो ५०० ग्राम फेला पारेको हो । प्रहरीले थप अनुसन्धान तथा कारबाहीको लागि बाँके राष्ट्रिय निकुन्जको कार्यालयमा पठाएको छ । राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ अनुसार कसुर प्रमाणित भएमा एक लाख रुपैयाँदेखि २५ लाख रुपैयाँसम्म जरिवाना र १ वर्षदेखि १० वर्षसम्म कैदको व्यवस्था छ ।