☰ open Loading... 6 November 2025|  

होटलमा बसेकी महिला मृत भेटिइन्
  | ११ चैत्र २०७७, बुधबार १४:४९

जनकपुरधाम । जनकपुरस्थित एक होटलमा श्रीमानसँगै बसेकी महिला होटल नजिकै मृत भेटिएकी छन् ।जनकपुरधाम उप-महानगरपालिकास्थित रमानन्द चोकमा रहेको सर्लाही होटेल एण्ड गेष्ट हाउसको पाँचौँ तल्लामा रहेको कोठा नम्बर २०५ मा श्रीमानसँगै बसेकी महिला होटल बाहिर मृत फेला परेकी हुन् ।म्याग्दीको मेलानी गाउँपालिका७ बस्ने ३० वर्षीया सिर्जना सुनार श्रीपाली श्रीमान् विश्वास श्रीपालीसँगै दुई दिनअघि होटलमा आएर बसेकी थिइन् ।उनी होटल छेउमा रहेको हिलो जमेको ठाउँमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता मकेन्द्र मिश्रले जानकारी दिए ।