| १२ चैत्र २०७७, बिहीबार २०:१६
सल्यान – जिल्ला प्रशासन कार्यालय सल्यानले सार्वजनिक ठाउँमा भिडभाड नगर्नआग्रह गरेको छ। पछिल्लो समय कोरोना भाइरस संक्रमण बढ्दै जान थालेका कारण जिल्लामा पनि सार्वजनिक स्थानहरूमा भिडभाड नगर्न आग्रह गरिएको जिल्ला प्रशासन कार्यालय सल्यानले जनाएको छ।आउँदै गरेको होली पर्वलगायतका चाडपर्वमा भिडभाड नगर्न आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेवी होमागाईंले जानकारी दिइन्।
घरबाहिर निस्किँदा वा यात्रा गर्दा अनिवार्य मास्कको प्रयोग गर्न, सेनिटाइजर लगाउने तथा सामाजिक दूरी कायम गरी काम गर्न आग्रह गरिएको उनको भनाइ छ। यदि मास्क नलगाएर हिँडेको पाइएमा संक्रामक रोग ऐन २०२० बमोजिम कारबाहीसमेत गरिने उनले बताइन्।