☰ open Loading... 15 September 2025|  

दक्षिण कोरियामा नेपालीहरु मिलेर ल्याए आवास गृह संञ्चालनमा
  | १६ चैत्र २०७७, सोमबार २०:२६

दैलेख – नेपालिहरुका लागि रोजगारिकोआकर्षक गन्तव्य बनेको दक्षिण कोरियामा नेपालीहरुको सङ्ख्या दिनहु बृद्दी भए सङ्गै अनेक समस्याहरु पनि बढिरहेको छन । आफ्नो देश र घर परिवार बाट टाढा हुनुको पीडा एकातिर छ भने अर्को तिर सपनाको देश कोरिया आइसकेर पनि यहा थुप्रै समस्याहरु आइपर्दा पीडा माथी पीडा थपिने गरेको छ । यिनै पीडा र समस्याहरुलाइ मध्यनजर गर्दै कोरियामा रहेका नेपालिहरु मिलेरआवास गृह सन्चालनमा ल्याएका छन।

 

विभिन्न पेसा, व्यवसाय र पढाएको सिलसिलामा दक्षिण कोरियामा बसोबास गर्दै आउनुभएका सुर्खेतीहरुको संस्था सुर्खेत समाज दक्षिण कोरियाद्वारा कर्णाली प्रदेशको एक मात्र रेस्टुरेन्ट माइती घर सगै आवास गृह संञ्चालनमा ल्याएको छ । संस्थाका सल्लाकार संयोजक आसाराम ढुङ्गाना ,सल्लाहकार तुलस गुरुङले दिप प्रज्वलन गरि रिवन काटेर आवश गृहको उद्घाटन गरेका हुन । आवश गृह उद्घाटन संगै छनान ,फेन्थेक ,आसान लगाएत क्षेत्रमा काम छाडी नया कामको खोजिमा रहनु भएका सम्पूर्ण नेपालि दाजुभाइहरुको समस्यालाई मध्य नजर गर्दै आवास गृह संञ्चालनमा ल्याएको सस्थाका अध्यक्ष बखत थापाले जानकारी दिए । यस अगि संस्थाले सुर्खेतका विभिन्न अग्नि पिडित ,बाढी पिडितलाई सहयोग गरेको थियो भने यसपटक आवश गृह संञ्चालन गरेको अध्यक्ष थापाले बताए ।