☰ open Loading... 24 February 2025|  

दलित सशक्तिकरण कानुन ल्याउनुपर्ने माग
  | १९ चैत्र २०७७, बिहीबार १२:१५

सुर्खेत -कर्णालीका अधिकारकर्मीहरूले दलित सशक्तिकरण कानुन ल्याउनुपर्ने माग गरेका छन् । दलित मैत्री नीति ,नियम तथा कानुनको प्रभावकारी कार्यान्वयनका लागि वीरेन्द्रनगरमा भएको संवाद कार्यक्रममा सहभागी अधिकारकर्मीहरूले यस्तो माग गरेका हुन् । दलित सेवा संघका राष्ट्रिय अध्यक्ष ईश्वरी बिकले दलित माथि भैरहेको विभेद हटाई मुलधारमा ल्याउनका लागि दलित शसक्तिकरण ऐन ल्याउनुपर्ने बताईन ।यस्तै प्रदेशसभाको बिधायन समितीका अध्यक्ष दानसिं परियारले कर्णाली प्रदेश सरकारले दलित शसक्तिकरण नल्याए सांसदहरूका तर्फबाट प्राईभेट विधेयक ल्याउने बताए ।