| ४ बैशाख २०७८, शनिबार १७:५९
सुर्खेत । नेकपा एमाले कर्णाली प्रदेश कमिटीले फ्लोर क्रस गर्ने तीन जनालाई कारबाही गरेको छ ।प्रदेश कमिटीको शनिबार बसेको बैठकले अमर थापा, कुर्मराज शाही र नन्दसिङ बुढालाई पार्टीको साधरण सदस्य नरहने गरी निष्कासन गरेको हो । ‘उहाँहरु प्रदेश कमिटी मातहतको कमिटीमा रहनु भएकाले प्रदेश कमिटीले नै कारबाही गरेको छ,’ नेता यमलाल कँडेलले भने, ‘प्रकाश ज्वाला भने महाधिवेशन आयोजक कमिटी सदस्य हुनु भएकाले कारबाहीको सिफारिस गरिएको छ ।’चारै जनालाई सांसदबाट कारबाही गर्न भने हिजै केन्द्रीय कमिटीमा सिफारिस गरिएको थियो ।ज्वालासहित चार सांसदले पार्टीको ह्वीप विपरित मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएका थिए ।