☰ open Loading... 26 November 2024|  

नेता नेपालसहित २७ सांसदलाई स्पष्टीकरण
  | ८ बैशाख २०७८, बुधबार ०८:००

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका २७ सांसदलाई स्पष्टीकरण सोधेका छन् ।अध्यक्ष ओलीले मंगलबार माधवकुमार नेपाल समूहमा रहेका २७ प्रतिनिधिसभा सदस्यलाई स्पष्टीकरण सोधेका हुन् ।

नयाँ राजनीतिक दलको स्वरुपमा गतिविधि गरेको भन्दै उनले पठाएको पत्रमा ‘तपाईंलाई संघीय संसदको सदस्य पदबाट किन नहटाउने ?’ भन्दै आधार र कारणसहित तीन दिनभित्र स्पष्टीकरण पेश गर्न निर्देशन दिइएको छ ।

 

पत्रमा यस्ता गतिविधि कायम रहे जुनसुकै बेला थप कारबाही हुनसक्ने चेतावनीसमेत दिइएको छ ।

 

यसैबीच नेकपा एमालेका नेता माधवकुमार नेपालले आफ्नो पक्षका साँंसदहरुको बैठक बोलाएका छन् । पार्टी अध्यक्ष एवं संसदीय दलका नेता ओलीले स्पष्टीकरण सोधेपछि नेपालले सांसदहरुको बैठक बोलाएका हुन् । बैठक बानेश्वरको अर्याल होटलमा बस्ने बताइएको छ ।