| ८ बैशाख २०७८, बुधबार ०८:१२
पाल्पा। पाल्पामा मंगलबार मात्र ३९ जनाको पीसीआर परीक्षण गर्दा १९ जनामा सङ्ंक्रमण पुष्टि भएको छ।संक्रमण पुष्टि हुनेमा तानसेन नगरपालिकाका ८ जना, बगनासकाली,पूर्वखोला र रिब्दिकोट गाउँपालिकाका २र२ जना,रैनादेबी छहरा गाउँपालिकामा ४ जना र रामपुर नगरपालिकामा १ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।पाल्पामा हालसम्म संक्रमितको संख्या २ हजार ५५ पुगेको छ । संक्रमितमध्ये १ हजार ९ सय ६३ जना निको भएका छन् भने ३८ जनाको मृत्यु भएको छ।