दैलेख – दैलेखका ११ स्थानीय तहले प्रारम्भिक वातावरणीय परीक्षण (आइइई) नगरि मनपरि नदीजन्य पदार्थ उत्खनन् गरेका छन् । बातावरणिय प्रभाव मुल्याकंन नगरि यहाँका स्थानीय तहले धमाधम ठेक्का मार्फत नदिजन्य पदार्थ उत्खनन् गरिरहेका हुन् ।
तिन वर्षअघि जिल्ला समन्वय समिति दैलेखले जिल्लाका ११ स्थानीय तहसंग समन्वय गरेर बनाएको आइइई रिपोर्ट बनाएको थियो । जिल्लामा रहेका कर्णाली, लोहोरे खोला, छामघाट खोला, पादुका खोला, रामघाट लगायतका खोलाहरुबाट मनपरि रुपमा नदिजन्य पदार्थ उत्खनन् गरिएको छ । खोलामै छिरेर ठेकेदारहरुले उत्खनन् गरेका छन् ।
क्याप्सन ः लोहोरे खोलास्थित पुष्पलाल (मध्यपहाडी) राजमार्ग पुल छेउमा खोला नै सर्ने गरि नदिजन्य पदार्थ निकालिदै ।
विच खोलामै डोजर चलाएर उत्खनन् गरिदाँ समेत सम्झौता गर्ने नारायण नगरपालिका, महावु गाउँपालिका, आठविस नगरपालिका र दुल्लुनगरपालिका मुखदर्शक छन् । दैलेखमा ठेक्का लिएका ब्यक्तिहरुले जनप्रतिनिधिहरुकै आडमा मनपरि रुपमा उत्खनन् गरेको स्थानीयहरु बताउँछन् । शक्तिको आडमा उनीहरुले सामान्य मापदण्ड समेत पुरा नगरेर खुलम्खुला पुल नजिक र नदिभित्रबाटै उत्खनन् गरेको हुन् । आइइर्ई रिपोर्टविनै दैलेखका स्थानीय तहले नदिजन्य पदार्थ उत्खनन् गरिरहेको जिल्ला समन्वय समिति दैलेखका प्रमुख प्रेमबहादुर थापाले बताए । आइइई रिपोर्ट तयार गरेर उत्खनन् गर्नका लागि स्थानीय तहलाई भनेपनि अटेर गरेको समन्वय प्रमुख थापाको भनाई छ ।
नगरपालिकाले लोहोरे खोलामा दिपक शाही र छामघाट खोलामा रोहन कटुवालको नाममा ठेक्का सम्झौता गरेको छ । शाहीले ६ लाख ७१ हजार र कटुवालले ३ लाख ८६ हजार २ सय ९० रुपैँयाँमा ठेक्का सम्झौता गरेको नगरपालिकाको राजश्व शाखाले जनाएको छ ।
आठविस नगरपालिकाले दहिखोलाबाट जाक्सीखोला १० लाख ठेक्कामा सुचना निकालेपनि ठेक्का नै नपरेपछि अहिले नगरपालिकाले नै आफै कर्मचारी राखेर टिप शुल्क उठाएको छ । त्यस्तै कर्णाली नदिको साइ खोलाबाट रामघाटखोलासम्म १९ लाख ९० लाखमा रिपब्लिक निर्माण सेवा सिउना –४ कालिकोटलाई सम्झौता गरिएको नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत गोर्कणनाथ योगीले बताए । मापदण्डविपरित कर्णाली नदिमै ढुंगाबालुवा निकालिएको स्थानीय बताउँछन् । मनपरि रुपमा कर्णालीको बालुवा मध्यपहाडी राजमार्गअन्र्तगत दैलेख, जाजरकोट र अछाममा पुराईने गरिएको छ । त्यस्तै ठेकेदारले दैलेखको कर्णाली नदि, लोहोरे खोला र छामघाट खोलाबाट मापदण्ड पुरा नगरेर हाकाहाकी पुल र विच खोलाविचबाट नदिजन्य पदार्थ उत्खनन् गरिरहेका छन् ।
अनुगमनको जिम्मेवारी पाएको जिल्ला समन्वय समिति दैलेखले आफुले बारम्वार आइइईं विपरित उत्खनन नगर्न चेतावनी दिएपनि सुनुवाई नहुँदा निरिह भएको छ । कर्णाली नदि, लोहोरे खोला र छामघाट खोलामा आइइईमा कहाँ कति मात्रामा निकाल्ने स्पष्ट तोकेको हुन्छ तर, सम्झौतामा कुनै कुरा उल्लेख गरिएको छैन् । कहाँबाट कति घनमिटर निकाल्न मिल्ने कुनै पनि कुरा सम्झौतामा उल्लेख छैन् । कहाँ कति भन्दा पनि एकमुष्ट ठेक्का दिएको राजश्व शाखाले जनाएको छ । अन्धाधुन्दा ढुंगा बालुवा उत्खनन्ले खोलाको सतह घटेको छ । उत्खनन् कसरी भईरहेको छ त्यसको बारेमा तत्काल अनुगमन गरिने नारायण नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत रेशम बुढाले बताए । ठेकेदारले आफुहरुले सम्झौताअनुसार नै निकालेको दावी गरेका छन् ।