| १० बैशाख २०७८, शुक्रबार ०८:२५
काठमाडौँ । हालै रिक्त भएको राष्ट्रिय सभा सदस्य पदको लागि जेठ ६ गते उपनिर्वाचन हुने भएको छ।
निर्वाचन आयोगले बागमती प्रदेश अन्य समूह तर्फबाट राष्ट्रिय सभा सदस्य पदमा निर्वाचित रामबहादुर थापा ‘बादल’ को रिक्त पदमा पूर्ति गर्न ६ जेठमा उप(निर्वाचन गर्ने भएको हो ।
बादल एमालेमा प्रवेश गरेपछि नेकपा माओवादीको सिफारिसमा उनको सांसद पद खारेज भएको थियो। निर्वाचन आयोगले आजदेखि उपनिर्वाचन तयारी सम्बन्धी कार्य प्रारम्भ गरेको बताएको छ ।