☰ open Loading... 24 November 2024|  

मृतकका ९ जना आफन्त कोभिड १९ बाट संक्रमित
  | १२ बैशाख २०७८, आईतवार १०:२९

दैलेख । गएको शुक्रवार कोरोना संक्रमणका कारण मृत्यु भएका दुल्लूनगरपालिका २ का आफन्त सबै परिवारमा कोभिड १९ संक्रमित भएको पुष्टि भएको छ । संक्रमित हुनेमा दुल्लू नगरपालिका २ मृतकका आफन्त हुन् । शुक्रवार ३८ बर्षिय युवाको कोरोनाका कारण मृत्यु भएको हो ।

जहान परिवारलाई भोको रहन नदिन भन्दै कालापहाड गएका ती युवा केही दिन अघि भारतमै कोरोना संक्रमित भई दुल्लु नगरपालिका–२ नाउलेकटुवाल घर फर्किएका थिए । मृतकका परिवारलाई एन्टिजेन परिक्षण गर्दा कोरोना पुष्टि भएको दुल्लू अस्पतालले जनाएको छ ।

कोरोना पुष्टिमा हुनेमा मृतकका ३५ बर्षीया श्रीमती, क्रमश १३ र १४ बर्षका दुई छोरा, तीन जना हजुरबुवा, दुई जना अंकल र एक जना छिमेकी सहित ९ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । गएको शुक्रवार ती पुरुषका परिवार र छिमेकी सहित २५ जनाको एन्टिजेन परीक्षण गर्दा नौ जनामा कोरोना संक्रमण पुष्टि भएको दुल्लु नगरपालिकाका मेयर घनश्याम भण्डारीले बताए ।

भारतमा कोरोना संक्रमण भई गाउँ फर्किएका युवाको दुल्लु अस्पतालमा निधन भएको थियो । कोरोना संक्रमणका कारण मृत्यु भएका ती युवाले घरपरिवार र छिमेकीलाई भारतमै कोरोना संक्रमित भएको जानकारी दिएका थिएनन् । दुल्लुमा उपचार सम्भव नभएपछि उनलाई थप उपचारका लागि सुर्खेत रिफर गरेको थियो । तर, परिवारले सुर्खेत लैजान नपाउँदै ती युवा मृत्यु भएको थियो । मृत्युपछि आफन्त र घरपरिवारले उनको शवलाई घर पु(याएका थिए । कोरोना पुष्टि भएको थाहा पाएपछि गाउँमै त्रास फैलिएका छ ।

कोरोना संक्रमणबाट मृत्यु भएका आफन्तहरुको स्वास्थ्य अवस्था सामान्य रहेको बताईएको छ । कोरोना संक्रमण पुष्टि भएपछि संक्रमितले आफुलाई आईसोलेशनमा राखेर उपचार गरिनुपर्ने माग राख्दै वडानं –२ को कार्यालयमा धर्ना दिएका थिए ।

स्वास्थ्य मन्त्रालयले बनाएको मापदण्डमा लक्षण नभएका संक्रमितहरुलाई होम आइसोलेसनमा राख्नुपर्ने भएकाले संक्रमितलाई होम आइसोलेसनमा बस्न अनुरोध गरिएको दुल्लु नगरपालिकाका नगरप्रमुख घनश्याम भण्डारीले बताए । कोरोना संक्रमणको लक्षण सहितको बिरामीको हकमा आइसोलेसन अस्पतालमा राखेर उपचार गर्न नगरपालिका तयार रहेको छ,नगरप्रमुख भण्डारी भने ।

जिल्लाभर १८ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य सेवा कार्यालय दैलेखका निमित्त कार्यालय प्रमुख थिरप्रसाद रेग्मी जानकारी दिए । शुक्रवार सम्म दैलेखको आठविस नगरपालिकामा २जना,दुल्लूनगरपालिकामा ९ जना र नारायण नगरपालिका ७ जना गरि १८ जना संक्रमित भेटिएका छन् । एन्टिजेन प्रविधिबाट परिक्षण संक्रमित भेटिएका हुन् । दोस्रो चरणका कोभिड १९ धेरै जोखिम रहेकाले सबैले कोभिड १९ को मापदण्ड पालन गर्न जिल्लाबासीलाई आग्रह गरे ।राजधानी दैनिकबाट