| १२ बैशाख २०७८, आईतवार १०:४०
काठमाडौं । कैलालीमा कोरोनाका कारण एकजनाको मृत्यु भएको छ ।सेती प्रादेशिक अस्पतालको कोभिड अस्थायी अस्पतालमा उपचाररत गोदावरी नगरपालिका–३ की ६२ वर्षीया महिलाको मृत्यु भएको हो ।
आईसीयूमा उपचाररत ती महिलाको आइतवार बिहान साढे ५ बजेतिर मृत्यु भएको अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले जानकारी दिए ।