| १२ बैशाख २०७८, आईतवार २०:१७
सल्यान- सल्यानका एक कोरोना संक्रमितको मृत्यु भएको छ।कोहलपुर मेडिकल कलेजमा उपचार गराइरहेका उनको बिहीबार दिउँसो उपचारका क्रममा सल्यान बन्गाड कुपिण्डे नगरपालिका ३ निवासी ५६ वर्षीय डब्बल सार्कीको मृत्यु भएको हो।
१० दिन अघि मात्र भारतबाट घर फर्किएका उनी स्वास्थ्यमा समस्या भएपछि अस्पताल भर्ना भएको ३ न वडा अध्यक्ष टेकबहादुर पुनले जानकारी दिए। दोस्रो चरणको कोरोना सक्रमणबाट सल्यानमा दुई जनाको मृत्यु भएको छ। बिहीबार नै शारदा नगरपालिकाका २का ८२ वर्षीय वृद्धको मृत्यु भएको थियो।