दैलेख-दिनप्रति दिन कोरोना जोखिम बढ्दै जादा सुर्खेतमा वैशाख १४ गते राति १२ बजेदेखि निषेधाज्ञा लागू हुने भएको छ।सोमबार बसेको जिल्ला कोभिड व्यवस्थापन केन्द्र सुर्खेतको बैठकले एक साताका लागि निषेधाज्ञा गर्ने निर्णय गरेको सुर्खेतका सहायक प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले जानकारी दिए।सुर्खेतमा हालसम्म तीन सय जनाभन्दा बढीमा कोरोना संक्रमण देखिएको छ। कोरोना महामारी बढ्दै गएपछि जिल्ला कोभिड व्यवस्थापन केन्द्र सुर्खेतले १४ गते राति १२ बजेदेखि लागू हुने गरी २० गते राति १२ बजेसम्म निषेधाज्ञा गर्ने निर्णय गरेको जिल्ला प्रशासन कार्यालय सुर्खेतले जनाएको छ।
यो अवधीमा आवश्यक सेवा र त्यसका लागि प्रयोग हुने सवारी साधन बाहेक अन्य सबै प्रकारका सेवाहरु बैंक तथा वित्तीय संस्था, सवारी साधन, पसल व्यवसाय बन्द रहनेछन् । स्थानीय प्रशासनले अत्यावश्यक काम बाहेकको हिँडडुलमा समेत निषेध गरेको छ । यो एक साताको अवधीमा स्वास्थ्य, शान्ति सुरक्षा, विद्युत, सूचना तथा संचार, खानेपानी, फोहोरमैला व्यवस्थापन, ग्याँस पेट्रोलिमय पदार्थ, तरकारी, खाद्य तथा दुग्ध पदार्थ औषधी पसल, बैंकको एटिएम सेवा जस्ता अत्यावश्यक सेवाहरु एवं सार्वजनिक निर्माण कार्य र हवाई सेवाहरु सञ्चालनमा रहनेछन् ।
| १३ बैशाख २०७८, सोमबार १८:३३