जनकबहादुर शाही हुम्ला, बैशाख-१३ ।पछिल्लो समय मौषममा आएको परिबर्तनसंगै हुम्लामा मौषमी फ्लुका विरामी बढेका छन । मौसमी फ्लुका बिरामी बढे पछि जिल्लाका स्वास्थ्य संस्थामा विरामीको चाप बढेको स्वास्थ्य सेवा कार्यालय हुम्लाका प्रमुख प्रेमबहादुर सिंहले बताए । एकातिर कोरोनाको त्रास बढिरहेको छ । भने अर्को तिर हुम्लामा मौसमी फ्लुको बिरामीहरु दिनौ बढ्न थालेका छन । पछिल्लो जिल्लामा हिमपात र बर्षाले चिसो बढेपछि एक्कासी मौसमी फ्लुका विरामी बढेका प्रमुख सिंहले बताए ।
अहिले पछिल्लो समय जिल्ला अस्पतालमा मात्र ज्वरो आउने, घाँटी, टाउको, शरिर दुख्ने, छाती, पेट दुख्ने, पखाला लागने र श्वासप्रश्वासका दैनिक ७०, ८० जना बिरामीहरु चेकजाँचका लागि आउने गरेका हुम्ला जिल्ला अस्पताल श्रोतले जनाएको छ । खार्पुनाथ गाउँपालिका-५ का कमला शाही मौसमी फ्लुका कारण एकसाता देखि थला परेकी छन । यता सिमकोट बजारमा मौसमी फ्लुका चाप बढेको छ । जिल्लामा पहिला धुँवा धुलो र पछि हिमपातसंगै बढेको चिसोका कारण झन विरामी फैलिएको सिमकोटका स्थानिय नरबहादुर जेठाराले बताए ।
प्राय सबै उमेरका बिरामी चेकजाँचका लागि अस्पताल आउने गरेका भएपनि बढी वृद्धवृद्धा वालबालिका र दमका बिरामी बढी आउने गरेको जिल्ला अस्पतालका डाक्टर नबिन रोकायाले बताए । यो समय नै मौसमी फ्लुको भएको कारण यसका बिरामी हुनु स्वभाविक भएपनि यस वर्ष बढी बिरामी उपचारका लागि अस्पताल आउने गरेको डाक्टर नबिन रोकायाले बताए । चेकजाचका लागि अस्पताल आएका बिरामीहरुमा शंकास्पद विरामीलाई कोरोना परिक्षण गर्ने गरेको रोकायाले बताए । कोरोना संक्रमण बढ्न थालेको बेला मौसमी फ्लुका बिरामी बढेपछि केही जटिल बिरामीको एण्टिजीन किटबाट कोरोना परिक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको उनको भनाई छ । मौषममा आएको परिबर्तन मौसामी फ्लुको प्रकोप बढेकाले यसबाट कोही नआत्तिन र लापरवाही पनि नगर्न जिल्ला अस्पतालहुम्लाले सबैलाई आग्रह गरेको छ ।
| १३ बैशाख २०७८, सोमबार २१:४२