☰ open Loading... 13 March 2025|  

बाँकेमा कोरोना कारण थप एकजनाको मृत्यु
  | १४ बैशाख २०७८, मंगलवार १७:१४

काठमाडौं । बाँकेमा कोरोना भाइरस कारण थप एकजनाको मृत्यु भएको छ ।बाँकेका कोरोना फोकल पर्सन तेज ओलीका अनुसार नेपालगञ्ज–६ की ७२ वर्षीया महिलाको मंगलबार बिहान ११ः२५ मा मृत्यु भएको हो ।उनको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा सोमबार गरिएको नमुना परीक्षणमा रिपोर्ट पोजेटिभ आएको थियो । योसँगै बाँकेमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९३ पुगेको छ ।म‌गलबार बिहान मात्रै बाँकेको कोहलपुर–१ की ६० वर्षीया महिलाको भेरी अस्पतालमा र दाङको तुल्सीपुरकी ७४ वर्षीया महिलाको नेपालगञ्ज मेडिकल कलेजमा मृत्यु भएको थियो ।