सुर्खेत- भेरी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडद्धारा संचालित रेडियो भेरी एफ एम सुर्खेत, आजबाट १८ वर्षमा प्रवेस गरेको छ।बिक्रम सम्बत २०६१ साल बैशाख १४ गते सयवाट क्षमतामा १०६ थोप्लो ४ मेगाहर्जमा प्रसारण शुरु गरेको रेडियो भेरिले अहिले ५०० वाटमा हर्रेबाट ९८ थोप्लो ६ र सय वाटमा बीरेन्द्रनगरबाट १०२ थोप्लो ७ मेगाहर्जमा आफ्नो सेवा दिइहेको छ।
अहिले बिहान ५ बजेदेखि राती ११ बजेसम्म दैनिक १८ घन्टा प्रसारण हुँदै आएको रेडियो भेरीले १३ वटा समाचार बुलेटीन सहित सूचनामुलक र मनोरन्जनात्मक कार्यक्रम प्रसारण गरिरहेको छ।
कर्णाली प्रदेसका साथै लुम्बीनी र सुदुरपश्चिम प्रदेस तथा भारतका आधा दर्जन बढी जिल्लामा समेत आफ्नो पहुँच स्थापित गरेको रेडियो भेरीले यसक्षेत्रका मुद्धालार्इ प्रमुख रुपमा उठाउँदै समाधानकालागि जिम्मेवार निकायलार्इ निरन्तर दबाब दिने काम जारी राखेको छ।
यस्तै यसक्षेत्रका कला संस्कृति,साहित्य तथा भाषा र भेषमुषा अनि धार्मिक तथा पर्यटकिय क्षेत्रको संरक्षण र सम्वर्द्धनका साथै यसलार्इ एक अर्को समूदायसम्म पुर्याउन पुलको काम पनि गरेको छ।
सामाजिक एंव धार्मिक सद्भभाव बलियो बनार्इ भार्इचारा र बन्धुत्वको भावना जागृत गर्ने र विवाद बढाउने नभर्इ समाधान खोज्ने दिशामा रेडियो सधै गम्भिर र संवेदनशिल छ।
राष्ट्रियता,लोकतन्त्र,मानवअधिकार,बिधिको शासन र समतामुलक समाज निर्माण लगाएतका बिषयमा समर्पित रेडियो भेरीले परिवर्तनको संवाहकका रुपमा काम गर्दै आएको छ।
स्थानिय, प्रदेस र संघीय सरकारका गतिबिधिलार्इ छिटोछरितो र जनमुखि बनाउन निरन्तर सरकारात्मक दबाब दिदै आएको रेडियो भेरीले सबै निकायका सकारात्मक कामलार्इ उचित प्राथमिकता दिन पनि कुनै कसर बाँकी राखेको छैन।
यसअवसरमा रेडियो भेरी अझ प्रभावकारी रुपमा थप जिम्मेवार र जनउत्तदारयी भएर तपार्इकै आवश्यकता र चाहाना अनुरुप समाचार, सूचनामुलक र मनोरन्जनात्मक कार्यक्रम प्रसारण गर्ने प्रतिबद्धता व्यक्त गर्दछ।
रेडियो भेरी, तपार्इ सबै सुभेच्छुक एंव बिज्ञापन दाताहरुको माया र सहयोगका कारण यो अवस्थामा आएकोले आगामी दिनमा पनि उचित सल्लाह र सुझावको अपेक्षा सहित हार्दिक आभार व्यक्त गर्दछ।कोरोना संक्रमणको जोखिमका साथै यसपाली संस्थाका संचालक समितिका सदस्य चुडामणी थानी निधन भएको शोकमा कुनै औंपचारिक कार्यक्रम आयोजना नगरिएको संचालक समितिले जनाएको छ ।





