☰ open Loading... 1 June 2025|  

सल्यानमा परीक्षा दिन विद्यालय जाँदै गरेकी छात्राको लडेर मृत्यु
  | १४ बैशाख २०७८, मंगलवार १७:३९

सल्यान – परीक्षा दिन हिँडेकी एक छात्राको लडेर ज्यान गएको छ। मृत्यु हुनेमा सल्यानको छत्रेश्वरी गापा –२ अत्तरकाँडा निवासी चन्द्रकला सार्की रहेकी जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।

कोभिडको जोखिमलाई मध्यनजर गर्दै विद्यालयले आन्तरिक परीक्षा संचालन गरेपछि भानुभक्त माविमा कक्षा १० मा अध्ययनरत छात्रा मंगलबार बिहानै गणित विषयको परीक्षा दिन भनेर हिँडेकी थिइन्।घरबाट विद्यालयसम्म जाने बाटो अप्ठेरो रहेको र ओरालोमा दौडिँदै गर्दा सल्लाको कुसुममा चिप्लिएर लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यलय सल्यानका सूचना अधिकारी अर्जुन पौडेलले जानकारी दिए।