☰ open Loading... 9 July 2025|  

दैलेखमा कोरोनाका कारण थप एक जनाको मृत्यु
  | १५ बैशाख २०७८, बुधबार २०:३८

दैलेख- कोरोनाका कारण दैलेखमा थप एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा नारायण नगरपालिका(१ का ७५ वर्षीय पुरुष रहेका स्वास्थ्य सेवा कार्यालय दैलेखले जनाएको छ।ती पुरूषमा बैशाख १४ गते कोरोना पुष्टि भएको थियो। स्वास्थ्य सेवा कार्यालय दैलेखमा उपचारका क्रममा बुधबार बिहान साढे ५ बजे उनको मृत्यु भएको कार्यालयका खोप अधिकृत थिरप्रसाद रेग्मीले जानकारी दिए।