☰ open Loading... 29 November 2024|  

दैलेखमा थप २४ जनामा कोरोना संक्रमण
  | १८ बैशाख २०७८, शनिबार १८:४६

दैलेख – शनिवार थप २४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । दैलेख अस्पताल कोभिड–१९ परीक्षण प्रयोगशालामा ३५ जनामा गरिएको आरटी–पीसीआर परीक्षणमा १३ जनामा संक्रमण पुष्टि भएको हो । एन्टिजेन परीक्षणमा ११ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य सेवा कार्यालय दैलेखका निमित्त प्रमुख थीरप्रसाद रेग्मीले बताए । दुल्लु नगरपालिकामा ७, नारायण नगरपालिकामा एक, आठबीस नगरपालिकामा २ र नौमूले १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै दैलेखमा सक्रिय संक्रमितको संख्या एक सय ३२ जना पुगेको छ ।