☰ open Loading... 22 November 2025|  

डढेलोमा परि १ जनाको मृत्यु
  | २० बैशाख २०७८, सोमबार ०६:४५

सल्यान : सल्यानमा डढेलोमा एक वृद्धको मृत्यु भएको छ।मृत्यु हुनेमा शारदा नगरपालिका–६ सापमाराका ७० वर्षीय ओदिराम बुढाथोकी रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।

घरदेखि एक घण्टाको दूरीमा रहेको भुवेनगैरी सामुदायिक वनमा लागेको डढेलोमा परेर बुढाथोकीको मृत्यु भएको हो।

वनमा बाख्रा चराउन गएका उनी साँझ ६ बजेसम्म पनि नआएपछि परिवारका सदस्यले खोजतलास गर्दा जलेको अवस्थामा शव फेला पारेका थिए।