| २२ बैशाख २०७८, बुधबार ११:५६
दैलेख— दैलेखमान कोरोना महामारी रोकथाम तथा नियन्त्रण गर्न मङगलबार राति१२ देखि ७दिनलाई निषेधाज्ञा सुरु भएको छ । निषेधाज्ञाको पहिलो दिन बुधबार दैलेख सरदमुकाममा मानिसहरुकाे चहलपहल निकै घटेको छ ।
सदरमुकामको सबै होटल पसलहरू खुलेका छैनन् ।चोकचोकमा बसेर प्रहरी र ट्राफिक प्रहरीले परिचयपत्र जाँचमा कडाइ गरेका छन् ।निजी तथा सार्वजनिक सवारीसाधन चलाउन रोक लगाइएको छ भने अत्यावश्यकीय क्षेत्रका केही सवारीसाधन मात्र चल्न दिइएको छ। वैशाख २८गतेसम्म तोकिएको निषेधाज्ञा कडाइका साथ लागू गर्न दैलेखका बिभिन्न ठाँउमा नेपाल प्रहरी र सशस्त्र प्रहरी टोलीलाई बाक्लो रूपमा तैनाथ गरिएको छ भने तर गाँउमा बिहे लगायतअन्य काममा मानिसहरु बाक्लो उपस्थिति रहेको एक स्थानीयले जानकारी दिए।