☰ open Loading... 12 March 2025|  

दैलेखमा कोरोना संक्रमणबाट एकजनाकाे मृत्यु
  | २३ बैशाख २०७८, बिहीबार ०६:५०

दैलेख -काेराेना  कारण  दैलेखमा थप एकजनाकाे मृत्यु भएको छ । मृत्यु हुनेमा भैरवी गाउँपालिका -४ का ४५ बर्षिय पुरुष हुन् । उनको गएको सोमवार गरिएको आरटी–पीसीआर परीक्षणमा कोरोना संक्रमण पुष्टि भएका मृतक पुरुष  दैलेखस्थित आइसोलेसन अस्पतालमा उपचाररत भईरहेकाे थियो।

आइसोलेसनमा अक्सिजन सहित उपचाररत ती पुरुषको स्वास्थ्य स्थिति थप जटिल बन्न थालेपछि थप उपचारको लागि सुर्खेत रिफर गरिएको  स्वास्थ सेवा कार्यालय दैलेखले जानकारी दिएको छ  । थप उपचारका लागि सुर्खेततर्फ लैजाँदै गर्दा दैलेख सुर्खेत सडक खण्डको जीरो पोइन्ट सियाकोट नजिकै उनको मृत्यु  भएको  हाे । अहिलेसम्म  जिल्लामा कोरोना भाईरसबाट मृत्यु हुनेको संख्या १० पुगेको छ ।