☰ open Loading... 5 February 2025|  

मुगुमा एक सातासम्म निषेधाज्ञा
  | २३ बैशाख २०७८, बिहीबार १६:४२

मुगु – मुगुमा एक साता निषेधाज्ञा गरिएको छ। कोरोना भाइरसबाट सङ्क्रमितहरूको संख्या बढ्न थालेपछि रोकथाम तथा नियन्त्रण निम्ति बुधवार राति १२ बजेदेखि लागू हुनेगरी निषेधाज्ञा जारी गरिएको हो।

कोभिड—१९ सङ्कट व्यवस्थापन केन्द्रको निर्णय अनुसार निषेधाज्ञा लगाइएको प्रमुख जिल्ला अधिकारी चन्द्र बहादुर सिवाकोटीले बताए। उनका अनुसार जिल्लाभर अति आवश्यक सेवा बाहेकका सबै सेवा बन्द गर्नुका साथै सवारी साधनमा पूर्ण रोक लगाउने होटेल,खाद्यान्न तरकारी फलफूल, ग्यास पसल तथा व्यवसायहरू बिहान ९ बजे देखि दिउँसो १२ बजे सम्म मात्र खोल्न पाइने भएको निर्णय भएको छ।

त्यस्तै, निषेधाज्ञा अवधिभर बैक तथा वित्तीय संस्थाहरू र अत्यावश्यक काम पर्ने सार्वजनिक कार्यालयहरूले अफिसमा आलोपालो कर्मचारी खटाई स्वास्थ्य सुरक्षाका मापदण्डमा रहेर सेवा प्रवाह गरिने कोभिड—१९ सङ्कट व्यवस्थापन केन्द्रले जनाएको छ।