☰ open Loading... 12 March 2025|  

दैलेखमा कोरोना कारण एकको मृत्यु
  | २४ बैशाख २०७८, शुक्रबार १८:५०

दैलेख। दैलेखमा कोरोना कारण एक जनको मृत्यु भएको छ। जिल्ला अस्पताल दैलेखमा उपचाररत एक ५२ वर्षीय पुरुषको निधन भएको हो। बिहीबार करिब ९ बजे नारायाण नगरपालिका वडा नम्बर ८ का ती पुरुषको निधन भएको हो।

बुधबार पनि जिल्ला अस्पतालमा एक जना संक्रमितको मृत्यु भएको थियो। बुधबार जिल्लाको भैरवी गाउँपालिकाका एक पुरुषको निधन भएको थियो। पछिल्लो समय दैलेखमा पनि कोरोना संक्रमण तिब्र रुपमा फैलिएको छ।