दैलेख -औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका अध्यक्ष नन्दकिशोर बस्नेतको पहलमा दैलेखमा१५थान अक्सिजन सिलिण्डर सहयोग गरिएको छ । सरकारी अस्पताललाई निःशुल्क रुपमा अक्सिजन उपलब्ध गराउने अभियानअन्र्तगत स्वास्थ्य सेवा कार्यालय दैलेखलाई सहयोग गरिएको हो।
कोरोना महामारीको समयमा अक्सिजन अभाव हुन नदिन रअस्पतालमा उपचारार्थ भर्ना भएका बिरामीको ज्यान जोगाउन अक्सिजन सिलिण्डरले सघाउ पु¥याएको स्वास्थ्य सेवा कार्यालय दैलेखका निमित्त कार्यालय प्रमुख थीरप्रसाद रेग्मीले पश्चिम नेपाललाई बताए ।
जिल्लामा अक्सिजनको अभाव रहेको अवस्थामा अक्सिजनअभावका कारण ज्यान गुमाउनु नपरोस् भन्नका लागि अक्सिजन सिलिण्डर व्यवस्थापनमा लागि परेको औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका अध्यक्ष नन्दकिशोर बस्नेत जानकारी दिए ।दैलेख जिल्लामा थप अक्सिजन सिलिण्डर पठाउन पहलमा लागि परेको बस्नेतले बताए।