☰ open Loading... 3 June 2025|  

प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिन एमालेको ह्वीप
  | २६ बैशाख २०७८, आईतवार १८:५०

एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले एमाले सांसदहरुलाई सोमबारको प्रतिनिधिसभा बैठकमा उपस्थित भई प्रधानमन्त्रीको विश्वासको मतको पक्षमा मत दिन आग्रह गरेका छन्।

दल सम्बन्धी ऐन, २०७३ को दफा २०२८ र नेकपा एमाले संघीय संसदीय दलको विधान, २०७७ को धारा २४ बमोजिम एमालेले सो ह्वीप जारी गरेको छ।  प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाख २७ गते (सोमबार) प्रतिनिधि सभामा विश्वासको मत लिँदै छन्।