सुर्खेत -दिनप्रति दिन कोरोना संक्रमितको संख्या वढेसंगै वीरेन्द्रनगरका नगर प्रमुखको पनि सक्रियता वढेको छ ।वीरेन्द्रनगर नगरपालिकाका नगर प्रमुख देवकुमार सुवेदीको निजी सचिवालयले आइतबार ६ बुदेँ निर्णय सावजानी संगै नगरमा कोभिडका बिरामीको उद्धारका लागि सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले एम्बुलेन्स व्वस्थापनबारे निर्णय सार्वजनिक गरेको हो ।नगर प्रमुख देवकुमार सुवेदीका अनुसार नगरपालिकाको निर्णय गरेरै कोभिडका बिरामीको उद्धार तथा उपचारमा खटिन कुनै कसर बाकीँ नछाड्ने बताएका छन् ।
सार्वजनिक ६ निर्णय
१. दिनको समय (७ बजेदेखि ७ बजेसम्म) मा जनस्वास्थ्यको १ र नगरपालिकाको १ गरि २ एम्बुलेन्सले पालैपालो गरि वीरेन्द्रनगर क्षेत्रभित्रका विरामी बोक्ने ।
२. रातको समयमा जनस्वास्थ्यको थप अर्को १ वटा एम्बुलेन्सले सेवा गर्ने।३. एम्बुलेन्स छुट्नु पूर्व कोभिड पोजेटिभ भएको, लक्षणहरू भएको र अस्पतालमा बेडको एकीन स्वयं बिरामीले वा कटकुवा अस्पतालको ड्यूटीको स्वास्थ्यकर्मीले एकीन गर्ने । र अस्पतालबाट डिस्चार्ज भएका वा कोभिड टेस्ट नगरेका विरामी कोभिड एम्बुलेन्सले नबोक्ने।
४. एम्बुलेन्स बोलाउँदा कटकुवा कोभिड हस्पिटलको नम्बर ०८३ ५२४४०३ मा सम्पर्क गर्नुपर्ने । स्वास्थ्यकर्मीले बिरामिको बारेमा बिस्तृत बुझेर मात्र एम्बुलेन्स खटाउने ।
५. जनप्रतिनिधी र कर्मचारीको सम्पर्कमा आउने बिरामीलाई समेत ०८३ ५२४४०३ मा सम्पर्क गर्न नम्बर दिने।
६. ल्याण्डलाईन ब्यस्त भए ईन्चार्जको ९८५८३२०००४ नम्बरमा गर्ने ।