☰ open Loading... 26 November 2024|  

कर्णालीमा स्वास्थ्यका १२० कर्मचारीको करार नियुक्ति
  | २८ बैशाख २०७८, मंगलवार ११:०४

सुर्खेत । कर्णाली प्रदेश सरकारले नयाँ भेरियन्टसहितको कोभिड– १९ को रोकथाम, नियन्त्रण, उपचार तथा प्रतिकार्यका लागि स्वास्थ्यका १२० कर्मचारीलाई करार नियुक्ति दिएको छ ।प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले स्वास्थ्यका पाँचौँ तहका १२० कर्मचारीलाई करार नियुक्तिका लागि सिफारिस गरेको हो । आयुर्वेदिकतर्फ कविराज दुई, रेडियोग्राफर फार्मेसी असिस्टेन्ट छ(छ जना, ल्याब टेक्निसियनतर्फ १२ र स्टाफ नर्सतर्फ ७६ जनालाई करार नियुक्तिका लागि सिफारिस गरिएको स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशका निमित्त निर्देशक डा रविन खड्काले जानकारी दिए ।

निर्देशक डा खड्काका अनुसार प्रदेश अस्पताल सुर्खेतमा तीन, स्वास्थ्य सेवा कार्यालय कालीकोटमा र जाजरकोटमा दुई(दुई, हुम्ला, मुगु र डोल्पामा एक(एक हेल्थ असिस्टेन्ट सिफारिस गरिएको छ । त्यस्तै प्रदेश अस्पताल सुर्खेत, जिल्ला अस्पताल दैलेख, रुकुमपश्चि, कालीकोट, जाजरकोट र मुगुमा एक(एक गरी छ रेडियोग्राफरलाई करार नियुक्ति दिइएको छ ।

त्यसैगरी प्रदेश अस्पतालमा पाँच र मेहलकुना अस्पताल सुर्खेतमा एक गरी छ, स्वास्थ्य सेवा कार्यालय मुगु, कालीकोट, दैलेख, जाजरकोट, रुकुमपश्चिम र सल्यानमा एक(एक गरी १२ ल्याब असिस्टेन्टलाई करार नियुक्ति दिइएको छ । त्यस्तै फार्मेसी सहायक प्रदेश अस्पताल सुर्खेत, स्वास्थ्य सेवा कार्यालय कालीकोट, दैलेख, जाजरकोट, रुकुमपश्चिम र सल्यान एक(एक गरी छ जना सिफारिस गरिएको छ ।

निर्देशक डा खड्काका अनुसार स्टार्फ नर्स कर्णाली प्रदेश अस्पतालमा ५९ र मेहलकुना अस्पतालमा दुई, स्वास्थ्य सेवा कार्यालय हुम्लामा तीन, मुगु, डोल्पा, कालीकोट, दैलेख, जाजरकोट, रुकुमपश्चिम, सल्यानमा दुई(दुई गरी १५ जना सिफारिस गरिएको छ । स्वास्थ्य सेवा कार्यालय मुगु र दैलेखका लागि एक(एक जना कविराज नियुक्त गरिएको स्वास्थ्य सेवा निर्देशनालयले जनाएको छ ।